
आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ। यो सँगै ग्यासको मूल्य अब प्रति सिलिन्डर १३७५ रुपैयाँ भएको छ।
भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ। यो सँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ।