
पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षण बढाएसँगै आइतबारको तुलनामा संक्रमितको संख्या दोब्बरले बढेको हो ।
चार हजार ४७२ जनाको नमुना परीक्षण गर्दा १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार तीन हजार १८१ नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको थियो ।
नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ । उनीहरुमध्ये थप ९९ सहित दुई लाख ७२ हजार २० जना निको भएका छन् । यस्तै गत २४ घण्टामा तीन जनासहित कोरोना संक्रमणबाट हालसम्म तीन हजार १९ जनाको मृत्यु भएको छ । आइतबार १०६ जना संक्रमित निको भएका थिए भने कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको थिएन । सोमबार काठमाडौं उपत्यकामा मात्रै ८४ जना संक्रमित थपिएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १७ रहेको मन्त्रालयले जनाएको छ ।