
देशभर पछिल्लो २४ घण्टामा थप १८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार ३२ जनाको पिसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यस सँगै कोरोना निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९६ पुगेको छ ।
निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहकेको छ । गत २४ घण्टामा कोरोना मृत्युदर शून्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । अहिले देशभर एक हजार १२८ सक्रिय सङ्क्रमित छन् ।
उनीहरूमध्ये ४८ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् । ‘हालसम्म नेपालमा २२ लाख ४५ हजार ३० को पिसीआर परीक्षण भएको छ ।