७ बैशाख २०८२, आईतवार

‘प्रेम गीत–३’को पहिलो गीत‘हात्ती ढुङ्गा’मा सार्वजनिक

Hatti Dhungama prem geet3

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’को पहिलो गीत सार्वजनिक भएको छ । आज सार्वजनिक भएको ‘हात्ती ढुङ्गा’मा बोलको गीतमा कल्याण सिंहको संगीत छ । मेलिना राई र सागर आलेको स्वर रहेको गीतमा हर्कबहादुर साउदको शब्द रचना छ ।

गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङसँगै अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, अनुभव रेग्मी, योगिशा खत्री, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा,सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायत कलाकारको पनि अभिनय छ ।

चैत २८ गते रिलिज हुने चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । विग बजेटमा निर्माण गरिएको गीत ठूलो क्यानभाषमा खिचिएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतार्ने प्रयास गरेको छ ।

https://www.youtube.com/watch?v=UaeScocRNsQ&feature=emb_title

    सम्बन्धित समाचार...