
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज (बुधबार)सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलाको ७५ हजार २ सय कायम भएको छ । मंगलबार तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ८ सय रुपैयाँले कमी आएको छ ।
तेजाबी सुनको भाउ पनि घटेर तोलाको ७४ हजार ९ सय कायम भएको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको ७५ हजार ७ सयमा कारोबार भएको थियो ।
मंगलबार तोलाको ८ सय ८० मा कारोबार भएको चाँदीको मुल्य तोलाको ८ सय ७५ तोकिएको महासंघले जनाएको छ ।