
हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय ९२ पुगेको छ भने संक्रमितको संख्या २४ हजार ५ सय ३४ पुगिसकेको छ। भाइरसले चीन बाहिर दुईजनाको मृत्यु भएको छ। भाइरस विश्वको २७ देशमा फैलिसैको छ।
भाइरसले महामारीको रुप लिएसँगै विश्व स्वास्थ संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। चीन सरकारले पनि यसको प्रकोपबाट बच्न अनेकौं उपाय खोजिरहेको छ भने आफ्ना नागरिकमा संक्रमण फैलन नदिन थुप्रै सतर्कता अपनाएको छ। चीनले भाइरस उपचारमा खटिएका चिकित्सक तथा स्वास्थाकर्मीहरुलाई संक्रमण फैलिने भन्दै फ्नो घरपरिवारसमेतलाई भेट्न दिएको छैन।
यसैबीच सिन्हवाले आमाछोरीको मर्मस्पर्शी भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियोमा आमाछोरी अंकमालका लागि तड्पिइरहेको देखिन्छ। उक्त भिडियोअनुसार नर्स आमालाई खाना लिएर छोरी अस्पताल पुग्छिन्, तर उनीहरुलाई प्रत्यक्ष भेट्न रोक लागिएको कारण उनीहरु हावामै अंकमाल गरिरहेको देखिन्छ।
भिडियोमा छोरीले आमाको याद आइरहेको र घर छिट्टै आउनु भन्दै रुन्छिन् भने उता आमा पनि आफुलाई पनि छोरी तिम्रो याद आइरहेको तर अहिले राक्षस भाइरससँग लडिरहेको छु, यो युद्द जितेर छिट्टै घर फर्कने आस्वाशन दिन्छिन्।