
गृहमन्त्री रामबहादुर थापा रेशम चौधरी र लक्ष्मण चौधरीलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन् । रेशम र लक्ष्मणलगायतको मुद्दा खारेजका लागि माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा गृहमन्त्री थापा पनि सहभागी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।
उनकाअनुसार थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी भएका थापाले सडकमा बसेर सम्बोधन गरेका थिए । आन्दोलनकारीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले आन्दोलनकारीका समस्या र माग बारेमा सरकारको ध्यान गएको बताए ।
उनले माग सम्बोधनका लागि सरकारले वार्ता टोली बनाउने समेत आश्वासन दिए । थारु कल्याणकारिणी सभाले २०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरूको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरूको रिहाइको माग गर्दै धर्नामा छन् ।