
राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले ओमानविरुद्ध कीर्तिमानी ५० रन पूरा गरेका छन्। आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा उनले कीर्तिमान बनाएका हुन्।
घरेलु मैदानमा भएको ओडीआईमा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन्। शरदले सो कीर्तिमान ९५ बलको सामना गर्दै पूरा गरेका हुन्।
शरदले ५ चौका मद्दतमा अर्धशतक पूरा गरे। राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का सस्तैमा पवेलियन फर्केपछि शरद तेस्रो नम्बरमा क्रिजमा आएका थिए।
यसअघि नेपालबाट ओडीआईमा कप्तान ज्ञानेन्द मल्ल, पारस खड्का, सोमपाल कामी, रोहित कुमार पौडेल र सुवास खकुरेलले अर्धशतक पूरा गरेका छन्।