
सरकार र विभिन्न माग राखेर आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिबीच वार्ता भएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा बनेको सरकारी वार्ता टोली र आन्दोलनरत समिति बीच मंगलबार गृह मन्त्रालयमा पहिलो चरणको वार्ता शुरु भएको गृह मन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहनुभएको छ ।
यस्तै, थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य हुनुहुन्छ ।