
सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म सम्हालिन्छ कहिले मन को रिलिज मिति तय गरिएको छ ।
फिल्म आउदो बर्षको भाद्र ५ हरितारिका तीजको अबसर पारेर प्रदर्शन गरिने फिल्मका निर्माता अजितकुमार थापाले जानकारी दिएका छन ।
निर्माण भएको लामो समयसम्म प्राबिधिक कारणबश प्रदर्शन हुन सकेको थिएन ।
ए बि इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा पुजा शर्मा आकाश श्रेष्ठ सोनाम थोप्तेन सरोज खनाल गौरी मल्ल धिरेन शाक्य लगायत कलाकारहरुको अभिनय रहेको छ ।
त्रिकोणत्मक प्रेमकथामा बनेको फिल्मको छायाँकन लण्डन स्कटल्याण्ड र वेल्समा गरिएको हो । फिल्मको निर्मातामा अजितकुमारसँगै अमित बस्नेत कार्यकारी निर्मातामा अँकित गौतम र सुवास खकुरेल र सह निर्मातामा परि राणा रहेका छन ।
त्यसैगरी सम्हालिन्छ कहिले मनको छायाँकनमा सौरभ लामा कथा लेखनमा महेश द्वाडी र सँगितमा अर्जृुन पोखरेल सुगम पोखरेल तारा प्रकाश लिम्बुको रहेको छ ।