
भारतमा सोमबार राति भूकम्प भएको छ ।
भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्किमको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । उनले भने ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झड्का महसुस भएको जानकारी पाएका छौं,’ ।