
दीपेन्द्र सिंह ऐरी शुन्य रनमा आउट भएका छन् । ज्ञानेन्द्र मल्ल बाहिरिए पछी पारस खड्कालाई साथ दिन आएका उनि नेत्रवलकरको बोलिङ मा मार्शल द्वारा समातिएका थिए ।
३ विकेट गएपछी नेपाल निकै दवावमा रहेको थियो भने खेलको जिम्मेवारी फेरी एक पटक पारस खड्काको काँधमा आइपुगेको थियो । पारसले पहिले पनि दवावका बावजुद केहि खेलमा नेपाललाई जित दिलाएका थिए ।
पारस २ चौकाका साथ १९ रनमा खेल्दै थिए तर उनलाई स्टीभनसनले आउट गराएका छन ।
नेत्रवलकर को बलिङ मा आरिफ शेख २ रन मा आउट भएका छन् ।
यो सँगै नेपाल ले ५ विकेट गुमाएको छ ।