
नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट बिहीवार पदमुक्त भएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त भएका हुन ।
पदमुक्त भएको २४ घण्टा नबित्दै प्रधानमन्त्रीको सिफारिसमा, राष्ट्रपतिद्वारा चारै जनालाई देहाय बमोजिमको कार्यभार सहितको नियुक्ती प्रदान गरिएको राष्ट्रपती कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ती अनुसार श्री टोपबहादुर रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, श्री लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, श्री प्रभु साहलाई सहरी विकास र श्री गौरीशंकर चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
श्रोतका अनुसार नव-नियुक्त मन्त्रीहरुको सपथ शुक्रबार साँझ ५ बजे गरिने कार्यक्रम रहेको छ ।
