
नेपालमा कोरोना संक्रमणबाट २४ घण्टाको अवधिमा थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार यससँगै नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ५३ जना पुगेको छ ।
मन्त्रालयले वितेको २४ घण्टाको अवधिमा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
यसैगरी सोमबार १३८ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । यससँगै निको हुनेको कूल संख्या २ लाख ७४ हजार १६५ पुगेको छ।
