
नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा पत्रकार जगन्नाथ दुलाल निर्वाचित भएका छन्।
राजधानीमा मंगलबार भएको जिल्ला अधिवेशनबाट दुलाल निर्वाचित भएका हुन्।
उनले २ सय ८५ मत प्राप्त गरे भने निकट्तम प्रतिस्पर्धी महेश्वर गौतमले १९३ मत ल्याए। यस्तै काठमाडौं शाखाको अन्य सबै पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्।
