
टस जितेर पहिले बलिङ रोजेको नेपालले संयुक्त राज्य अमेरिकालाई सस्तो मै अल आउट गरेको छ ।

जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ मा सन्दिप लामिछानेले ६ विकेट र सुसन भारी ले ४ विकेट लिए पछी नेपालले ३६ रन को लक्ष्य पाएको छ । संयुक्त राज्य अमेरिकाले जम्मा १२ ओभरको खेल मात्र खेल्न सक्यो ।
सन्दिपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए भने सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । करन के.सिले भने ३ ओभरमा १३ रन दिए र १ मेडन राखे ।

संयुक्त राज्य अमेरिकाको १ जना ब्याट्स्म्यानले मात्र दोहोरो अंक टेक्न पाए भने बाँकी सबै सस्तोमै आउट भए ।
त्यसै गरी नेपाल ले २ विकेट गुमाएर ५.२ ओभरमा ३६ रन पुरा गर्यो । यसक्रममा नेपालले ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलको विकेट गुमायो । मल्ल १ रनमा आउट भए भने खकुरेलले रन जोड्न सकेनन् ।
पारस खड्का को अविजित २० रन र दिपेन्द्रसिंह ऐरी ले १५ रन बनाए ।
तस्विर स्रोत्: क्रीकेट एसोसिएसन नेपाल/आइ सि सि