
बागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त भएका छन्।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई लामो समयदेखि खाली रहेको मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेशका प्रमुख सचेतक रहेका फुयाललाई प्रदेश सरकारको बैठकले नियुक्त गरेको हो।
तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित बर्खास्थपछि उक्त मन्त्रालयको काम पौडेल आफैले सम्हाल्दै आएका थिए।