
दैलेखमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पुरुष छन् ।
उनी शुक्रबार मात्र भारतको बम्बईबाट घर आएको जानकारी भएको दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले बताए ।
उनका अनुसार भारतबाट कोरोना पुष्टि भएर आएका ती पुरुषको शनिबार बिहान मृत्यु भएको हो । शनिबार नै उपचारका लागि दुल्लु अस्पतालमा भर्ना गरिएका युवकको दिउँसो २ बजे मृत्यु भएको भण्डारीले जानकारी दिए ।
भारतमा कोरोना पोजेटिभको डकुमन्ट उनको साथमा भेटिएको र नेपालमा आए पछि उनले कोरोना संक्रमित भएको डकुमेन्ट लुकाएको हुन सक्ने आशंका गरिएको छ ।
यता स्वास्थ्य सेवा कार्यालय दैलेखले भने उनले नेपाल लगायत दैलेखमा कुनै किसिमको चेक नगराएको कारण संक्रमित हुन या अन्य कुनै कारणले मृत्यू भएको भन्ने बारेमा आफुहरुलाई थाहा नभएको जानकारी दिएको छ ।