
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दै छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।