
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो तर नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोेच्च अदालतमा रिट दर्ता गराएका हुन्। अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिनु गैरकानुनी भएको रिटमा उल्लेख छ ।
सरकारी जग्गा व्यक्तिको बनाउने निर्णय नीतिगत हुन नसक्ने भएकाले उनीहरुमाथि मुद्दा दायर गर्न अन्तरिम आदेशको माग रिटमा गरिएको छ।