
हास्यकलाकार शिबहरी पौडेलले पहिलोपटक निर्देशन गरेको फिल्म ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
राजधानिमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको मुसुक्कै हासन माया बोलकोे गीतमा बबुल गिरी र जुनु रिजालको स्वर रहेको छ । गितमा बबुल गिरीकै शब्द तथा सँगित रहेको छ।
गीतको कोरियोग्राफर कबिराज गहतराजले गरेका हुन। डान्सिङ शैलिमा रहेको गीतमा फिल्मका मुख्य कलाकारहरु दिलिप रायमाझि, प्रियँका कार्की, सलोन बस्नेत, बर्षा शिवाकोटी, किरण केसी, शिबहरी पौडेलल लगायतको नृत्य रहेको छ ।
समसामायिक कथाबस्तु तथा कमेडी जनरमा बनेको फिल्मको सार्वजनिक पहिलो गित म त लक्का जवान ले चर्चा पाएपछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो । काठमाडौं, काभ्रे लगायतको ठाउमा फिल्मको छायाँकन गरिएको छ । आमा बँगलामुखि फिल्म प्रोडक्सन प्रा लि तथा नेपाल बांग्लादेश बैंक लिमिटेडको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता ध्रुब वन्त, निर्मातामा अनुशुया श्रेष्ठ वन्त, कार्यकारी निर्मातामा किरण केसी, दिलिप रायमाझि र शिबहरी पौडेल रहेका छन ।
निर्देशक शिबहरीकै कथा रहेको फिल्मको छायाँकनमा पुरुषोतम प्रधान र सम्पादनमा मित्र डि गुरुङको रहेको छ ।
चैत्रको २१ बाट प्रदर्शनमा आउने फिल्मको अन्य कलाकारहरुमा राजाराम पौडेल, शुशिल पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाल ,अनुशुया श्रेष्ठ वन्त, सबिता गुरुङ ,अन्जु महर्जन, यमन श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको गीत रिलिज कार्यक्रममा फिल्मका निर्माण टिमले गित सँगै फिल्म पनि राम्रो बनेको कुरा बताएका थिए ।