
सल्यानमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा सवुज गणमा कार्यरत हेटौडा घर भएका जमदार यादवराज धरेल रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले जानकारी दिएको छ ।
दुर्घटनामा परी यादव प्रसाद धरेल (जम्दार)को घटनास्थलमै ज्यान गएको सेनाले जानकारी दिएको छ ।
सल्यानको सिमखर्कमा रहेको सवुज गणबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको लु१ग १२३ नम्बरको ट्रक कपुरकोट गाउँपालिका वडा नं. ३ चोरखोलामा दुर्घटनामा परेको थियो।
त्यसैगरी घटनामापरी घाइते हुनेमा मेजर ईश्वर शिलवाल, हवलदार जयप्रकाश बोहरा, मोहन थापा, सिपाई विशाल गुरुङ, रोशन हिटन, र विपिन श्रेष्ठ रहेको १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सुशिल भण्डारीले जानकारी दिए । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमान्डौ स्थित छाउनी हस्पिटलमा लगिएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत छाउनी ल्याईएको हो ।

