७ बैशाख २०८२, आईतवार

बाँकेमा बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश

banke

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकेको कोरोना सङ्क्रमण दर अत्यन्तै तीव्ररूपले वृद्धि भएकाले स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा सङ्घीय सरकारबाट प्राप्त मार्ग निर्देशनानुसार विद्यालय, हेल्थ क्लब, पौडी पोखरी, मनोरञ्जन स्थल लगायत स्थान बन्द गर्नाका साथै जिल्लालाई लकडाउन गर्न सकिने छ ।

उहाँले बाँकेवासीलाई कोरोना महामारीको सङ्क्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै आवश्यक पर्ने खाद्यान्न लगायत जोहो गर्न आग्रह समेत गर्नुभयो । पछिल्लो समयमा केही दिनयता बाँके कोरोनाको केन्द्रविन्दु बनेको छ ।

सोमबार मात्रै एकैदिन ३२२ कोरोना सङ्क्रमित भेटिएका छन् ।