
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पार गरेको अवसरमा प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् ।
शनिबार ११ बजेको निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन गरेका हुन् ।
सम्बोधनमा उनले सरकारले गरेका काम–कारबाहीसँगै समसामयिक विषयमा जानकारी गराइरहेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको दुई वर्ष पूरा भएको अबसरमा प्रधानमन्त्रीले सरकारले गरेका कार्यप्रगतिबारे बैठकमा धारणा राख्न राखेका हुन्।
२०७४ फागुन ३ गते ओली दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। बैठकमा अहिले प्रधानमन्त्री बोलिरहेका छन्।