
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ५,७२७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
यसैगरी काठमाडौं उपत्यकामा मात्रै एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै सक्रिय संक्रमित संख्या ३८ हजार ८१३ पुगेको छ भने कूल संक्रमित संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।
हाल्सम्म ३,२७९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।