
सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।