९ बैशाख २०८२, मंगलवार

रियल बराबरीमा रोकियो, बार्सिलोनासँग घट्यो अग्रता

real madrid vs celta vigo

रियल मड्रिड स्पेनिस ला लिगामा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलले लिएको अग्रता जोगाउन नसक्दा बरारी खेल्दै अंक बाड्नु परेको हो । बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ ।

सेल्टाका लागि खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । ५२ औँ मिनेटमा टोनी क्रुसले रियलका लागि बराबरी गोल फर्काए । सर्जियो रामोसले ६५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए ।

८५ औँ मिनेटमा सान्टी मिनाले गोल गर्दै खेल २–२ गोलको बराबरीमा रोखे । यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा अंक बाडिएको हो ।

रियलले बराबरी खेलेसँगै बार्सिलोनासँगको अग्रता घटेको छ । २४ खेल खेलेको रियल ५३ अंक सहित शीर्ष स्थानमा छ भने बार्सिलोनाले समान खेलबाट ५२ अंक जोडेको छ । सेल्टा २१ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ । एजेन्सी