
सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ ।
आमाको मुख हेर्ने दिनको छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । गीतलाई विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले लेखेका हुन्।
यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन छ ।
नेपाली गीत संगीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन् । उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीत संगीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका हुन् ।