
नेकपा एमालेको माधवकुमार नेपाल समूहका २२ जना सांसद संसदको बैठकमा अनुपस्थित हुने भएका छन् ।
सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।