९ बैशाख २०८२, मंगलवार

पहिलो पटक एकै दिन १३९ संक्रमितको मृत्यु

helth ministry office nepal

नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ।  यस्तै एकै दिन थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १७ हजार ६ सय ३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको छ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १३९ जनाको मृत्यु भएको देखिएको हो। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।

सोमबारसम्म देशभर ९३ हजार १ सय ४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।अहिले देशभरि ९३,१४१ भन्दा बढी मानिसमा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा हुनेको सङ्ख्या सर्वाधिक छ। सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ।