
धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ ।
बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गारएका छन् । धनुषामा वैशाख २१ गते देखि निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञा अवधिमा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ ।
