
बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ४ बजेसम्ममा यि संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, १र१ जना बर्दिया, सल्यान र कैलालीका छन् । भेरी अस्पतालमा उपचाररत खजुरा गाउँपालिका-१ बाँकेकी ६४ वर्षीया महिलाको बिहीबार ५ बजे, बाँकेकै बैजनाथ गाउँपालिका-६ की ३५ वर्षीया महिलाको शुक्रबार विहान १:१५ बजे, खजुरा गाउँपालिका-३ की ७५ वर्षीया महिलाको शुक्रबार विहान २ बजे, नेपालगञ्ज उपमहानगरपालिका-५ की ६१ वर्षीया महिलाको शुक्रबार विहान १ बजे तथा कोहलपुर -बाँकेकै २८ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार ९ बजे राति मृत्यु भएको छ ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत लम्कीचुहा-९ कैलालका ४० वर्षीय पुरूषको बिहीबार साँझ ६:१० बजे मृत्यु भएको छ भने भेरी अस्पतालमा उपचाररत कुमाख गाउँपालिका-१ सल्यानका ६७ वर्षीया महिलाको बिहीबार साँझ ७:३० बजे र मधुबन नगरपालिका ६, बर्दियाका ५९ वर्षीय पुरूषको शुक्रबार बिहान ४ बजे मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २२२ पुगेको छ भने अन्य जिल्ला बाहिरका १६७ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।