
नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य पनि धरापमा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमती भएसंगै सुदूरपश्चिममा एमालेको सरकार बन्ने निश्चित भएको छ । अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गरिरहेको छ । सुदूरपश्चिम प्रदेश सभामा नेपाल पक्षको बहुमत छ भने ५२ सदस्य रहेको प्रदेशसभामा एमाले एक्लैसंग २५ जना सांसद छन् ।
१२ जना सांसद रहेको माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन् भने सरकारमा नेपाल पक्षका प्रकाश शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुबेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग वन तथा वातावरण मन्त्री छन् ।
माओवादी केन्द्रका १३ जना सांसद रहेकोमा आर्थिक मामिला मन्त्रीबाट राजीनामा दिएर सांसद झपट रावल एमाले प्रवेश गरेसंगै उनलाई माओवादी केन्द्रले सांसद पदबाट हटाइसकेको छ ।
संसदमा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना सांसद छन् । एमालेलाई जसपाका दुई जना सांसदले समर्थन गर्ने वित्तिकै एमालेको सरकार बन्ने सम्भावना छ । जसपाका दुई सांसद महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका हुन । उनिहरु केन्द्रमा एमालेसंगै भएकाले पनि सरकार बनाउन एमालेलाई प्रदेशमा सजिलो छ ।
एमालेभित्र यसअघि नै सरकार बनाउने तयारी भएपनि एमाले नेता भिम रावलको असहयोगका कारण सरकार बन्न सकेको थिएन । प्रदेशसभामा झण्डै एकल बहमुत भएको एमालेले मुख्यमन्त्री नपाउने तर १२ जना सांसद भएको मुख्यमन्त्री रहिरहने अवस्था भएको भन्दै एमालेभित्र पनि उनलाई हटाउन सांसदहरुको चर्को दबाव छ ।
भट्ट नेतृत्वको सरकारको आलोचना
मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारले कुनै काम समेत गर्न नसकेको भन्दै उनको सरकार आलोचित छ । उनले दुई जना मन्त्री खाली भएको लामो समय भइसक्दा समेत आफ्नै पार्टीबाट मन्त्री समेत नियुक्त गर्न सकेका छैन । कोरोना भाइरसको महामारी सुदूरपश्चिमा बढिरहेको बेला नियन्त्रणका लागी सरकारले कुनै प्रयास नगरेको भन्दै उनको जनस्तरमा आलोचना समेत भइरहेको छ ।
एमालेमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सकरात्मक वार्ता भएसंगै सुदूरपश्चिममा एमालेको आन्तरिक पंक्ति उत्साहित भएको छ । उनिहरुले भट्ट नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउंदै आएका छन् । यसअघि पनि एमालेका मुख्य सचेतक तारा लामा तामाङको नेतृत्वमा उनिविरुद्ध बहुमत सांसदले हस्ताक्षर जुटाएपनि पार्टी नेतृत्वको निर्देशनमा त्यसलाई अघि बढाइएको थिएन ।
सर्वोच्च अदालतको फैसलापछि नेकपाको अस्तित्व समाप्त भएसंगै माओवादी र एमाले पुर्ववत अवस्थामा फर्किएका थिए । नेपाल समुह र माओवादी केन्द्र एक ठाउंमा भएपछि सुदूरपश्चिममा भट्ट नेतृत्वको सरकार जोगिएको थियो । एमालेमा प्रधानमन्त्री ओली पक्षले बहुमत जुटाउन कोशिस गरेपनि अन्तिममा असफल भएको थियो ।
भट्टले ओली पक्षका लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पुष १४ मा बर्खास्त गरेका थिए । त्यसपछि माओवादी केन्द्रका अर्का सांसद झपट बोहराले २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए । उनि सुदूरपश्चिमका माओवादी नेता लेखराज भट्टसंगै एमालेमा प्रवेश गरेका थिए ।
प्रदेशसभामा ओली पक्षका सांसदको संख्या ६ जना र नेपाल पक्षका सांसदको संख्या १८ जना छ । हाल सभामुख रहेका अर्जुन बहादुर थापा पनि नेपाल पक्ष्ँकै हुन । प्रधामन्त्री ओली पक्षका नेता लेखराज भट्ट र कर्णबहादुर थापाले प्रदेश सरकार परिवर्तन गर्न छलफल चलाइरहेका बेला एमालेमा दुवै पक्षबीच सहमती भएको हो । उनिहरुले प्रदेश सभा सदस्य पठानसिंह बोहरालाई मुख्यमन्त्री प्रस्ताव गरेका थिए । तर, नेपाल पक्षका सांसदहरु त्यसमा सहमत भएका थिएनन् ।
नेकपा एमालेका सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले प्रदेश सरकार अव एमालेको नेतृत्वमा बन्ने बताए । उनले त्यसका लागी चांडै छलफल अघि बढाईने जानकारी दिए ।एमाले अध्यक्ष ओली र नेपालबीच सहमती भयो भने सुदूरपश्चिममा मुख्यमन्त्री नेपाल पक्षले लिने सहमती हुने सम्भावना छ ।
यी हुन मुख्यमन्त्रीका सम्भावित दावेदार
त्यसो भए एमालेका हाल मुख्य सचेतक रहेका तारा लामा तामाङ या आन्तरिक मामिलामन्त्री समेत रहेका संसदिय दलका नेता प्रकाश शाह मुख्यमन्त्री बन्ने सम्भावना छ । जनजाती पृष्ठभुमि र प्रदेशमै सिनियर नेतामध्ये पर्ने भएकाले तामाङको सम्भावना बढी छ । उनि यसअघि कंचनपुरको एमालेको निर्वाचित जिल्ला अध्यक्ष समेत हुन ।
तामाङ यो बीचमा मध्यमार्गी भुमिकामा थिए । उनले एमालेको एकतामा जोड दिंदै आएका थिए । त्यसैकारण उनलाई एमाले उपाध्यक्ष भिम रावलले प्रदेशसभामा मन्त्रीका रुपमा समेत सिफारीस गरेनन । यद्यपी तामाङ पनि रावल निकट सांसद नै हुन ।
शाह करिव ३ वर्ष मन्त्री भइसकेकाले उनको सम्भावना भने कम छ । मुख्यमन्त्रीको लागी दिर्घ सोडारी समेत दौडमा छन् । एमालेका उपाध्यक्ष भिम रावलमाथी अछाम र आफ्ना आफन्तलाई मात्र अवसर दिएको आरोप सुदूरपश्चिममा लाग्ने गरेको छ । ओली पक्षबाट मुख्यमन्त्री बने पठानसिंह बोहराको सम्भावना बढी छ ।