
प्रदेश नम्बर २ मै केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालका व्यवस्थापन दिनप्रतिदिन खराब हुदै गएको छ । अस्पतालको लथालिंग व्यवस्थापनको काराण कारोना संक्रमितहरुको वीरगन्जमा मृत्यु दर उच्च रहेको छ । नेपालमा कोरोना संक्रमणको दोश्रो लहर फैलिन सुरु भएसँगै यहाँ कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको छ । तर, कोरोना महामारीको दोस्रो लहरमा यस अस्पतालको कमजोर व्यवस्थापकिय कारण सिकिस्त संक्रमितहरुको मृत्यु हुने गरेको आफन्तहरुको आरोप छ ।
१२५ शय्याको कोभिड अस्पतालको रुपमा संचालनमा रहेको नारायणी अस्पतालको कोभिड वार्डको अवस्था बेहाल छ । संक्रमितहरु चिकित्सकको पर्खाइमा समय काट्ने गरेकाछन् । संक्रमितहरुलाई अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले लापरवाहि गरेका कारण जोखिमबिच भिडभाडमा मास्क र फेस सिल्ड लगाएर संक्रमितका कुरुवा बस्न बाध्य छन् । नारायणी अस्पतालका डाक्टर,नर्स तथा कर्मचारीले आफूहरुको विश्वास तोडेको संक्रमितका आफ्नतहरुको गुनासो छ।
अस्पतालमा भर्ना भएका संक्रमतिहरुको उपचार तथा स्हयारमा समस्या देखिए पछि अहिले एक जना संक्रमितको दुई जना कुरुवा वार्ड भित्र सेवामा खटेका छन ्। संक्रमितलाई कुरुवाहरुले आफै फिजियोथेरापी समेत गर्ने गरेका छन् । एक संक्रमितका कुरुवा(छोरा)ले भने,‘दिनमा मुस्किलले एक पटक कुनै डाक्टर आउँछन्,।अधिकांसको निमोनियाका कारण मृत्यु भइरहेको छ ।तर अस्पतालको एक्सरे मशिन खराब छ ,बाहिरबाट तिन दिन पर्खेर रिर्पोट आउछ । उपचार गर्न कोही आइरहेको छैन । डाक्टर भित्र हेर्न आउँदैनन, हामी छोडेर कहाँ जाने ?’
अर्का कुरुवाले चार दिनदेखि आफु अस्पतालमा बास बसेको बताउँछन्। उनले दिनमा ७–८ वटा सिलिन्डर आफै वार्ड सम्म लग्ने र ओराल्ने गरेको बताए। अक्सिजनको व्यवस्था गर्न अस्पताल प्रशासन अघि सरेको देखिँदैन। कुरुवाहरु अस्पतालमा सिलिन्डर बोकेको गाडी आउँदा आफना संक्रमितको लागि खोसाखोसमा व्यस्त देखिन्छन्। बलतल्ल सम्पर्कमा आएका अस्पतालका मेसु संजय ठाकुरले भने , अस्पतालका सबै सेवा ’चुस्त दुरुस्त’ छ ्।अस्पतालका मानव संशाधन भन्दा संक्रमितको चाप बढि भएकोले केहि कठिनाइ भइरहेको उनको स्विकारोक्ति थियो ।
संकटको बेला नारायणी अस्पतालमा आएका मिर्गौला पीडित बिरामीहरुलाई समस्या झनै बढेको छ । अस्पतालमा आएका मिर्गौला पीडित निकै दुःख भोग्नु परेका गुनासोहरु व्यक्त गर्ने गरेका छन ्। नारायणीमा कोरोना संक्रमित मिर्गौला पीडितको लागि डायलासिस गर्ने स्थानीय प्रशासनले व्यवस्था मिलाएको छ । तर, त्यहाँ एक मात्र प्राविधिक र एउटा मेसिन मात्र संचालनमा रहेकोले पनि मिर्गौला पीडितलाई कोरोना लागेपछि डायलासिस गर्न समस्या भइरहेको नारायणी अस्पताल वीरगंजका कोभिड फोकल पर्सन डा. सरोजरोशन दास स्वीकार गर्छन् ।
‘दुई वटा मेसिन मध्ये एउटा बिग्रिएको छ। दिनमा ४–५ जनाको मुस्किलले डायलासिस हुन्छ,’उनले भने,‘तर कोही संक्रमित भएर आयो भने क्यूमा राखेर डायलासिस सेवा दिने गरेका छौं।’