
नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्य रहेको कार्यदल गठन गर्ने भइएको छ ।
कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा अध्यक्ष ओलीकाे पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप ज्ञवाली शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ताले दुबै तर्फबाट ५–५ जना रहने गरी वार्ता टोली बनाउने सहमति जुटेको हो ।
बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको उनले जानकारी दिए ।