
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोडिभ–१९ का बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।
मन्त्रालयले अस्पतालहरुलाई बिरामीका आफन्तसँग अक्सिजन नमाग्न आग्रह गरेको छ। अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेकाे पाईएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताएका छन् ।
आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने निर्देशन जारी भएको बताउनुभयो । यसअघि कतिपय अस्पतालले थप बिरामीलाई नलिने सूचना जारी गरेका थिए भने कतिपयले बिरामीका आफन्तलाई अक्सिजन ल्याउन लगाउने गरेका थिए । बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने र बिरामीका आफन्तलाई ल्याउन भन्न नमिल्ने प्रवक्ता गौतमले बताउनुभयो ।
‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’
उहाले अक्सिजन आपूर्तिलाई सहज बनाउन पनि काम भइरहेको जानकारी दिनुभयो ।