
कोरोना सङ्क्रमितलाई बचाउन आवश्यक अक्सिजनका खाली सिलिण्डर चीनको स्वाशित क्षेत्र तिब्बतको खासाबाट तातोपानी नाका आईपुग्ने क्रम शूरू भएको छ ।
नेपाली ब्यापारीहरुले १८ हजार थान सिलिण्डर मगाएकोमध्ये आज करिब २५ सय थान भन्सरमा आइपुगको र अहिले ती सामानको भौलतिक जाँच चलेको र केही बेरमा काठमाडौं पठाइने भन्सारका अधिकारीले बताएका छन् । अन्य सिलिण्डर र स्वास्थ्य समाग्री बोेकेका कन्टेनर पनि खासा आइपुगेको र नेपाल भित्रिने चरणमा छन्। व्यापारीले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट खरिद गरी खासा क्षेत्र हुदैं तातोपानी नाका ल्याई पु¥याएको हुन् । उक्त खाली सिलिण्डर ढुवानी गरिरहेको सिल्क टान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिनुभएको छ ।
सोमबार १२ बजे चिनियाँ चार कन्टेनरमार्फत दुई कन्टेनरमा अक्सिजनका खाली सिलिण्डर र दुई कन्टेनरमा स्याउ आएको तातोपानी सीमास्थित ‘बीओपीका’ सशस्त्र प्रहरी निरिक्षक केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।