
सञ्चार तथा प्रविधिमन्त्रीको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडाले पाएका छन् ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर निवर्तमान गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिएको जानकारी गराएको छ ।
७० करोड कमिसन प्रकरणको विवादास्पद अडियो बाहिरिएपछि गोकुल प्रसाद बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई सञ्चारमन्त्रीको जिम्मेवारी तोकेकी हुन् । त्यस्तै, सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई जिम्मेवारी दिएकी हुन्।
गोकुल बाँस्कोटाले बिहीबार राजीनामा दिएपछि यी दुवै मन्त्रालय रिक्त भएको थियो।
