
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्ने बताउनुभएको छ ।
एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्न लागेको बताउनुभउको हो । ‘देश गम्भीर संकटमा फस्दैछ’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।, ‘एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्य हीन राजनीतिक गतिरोध।उहाँले सरकारले नीति र कार्यक्रम र बजेट पास गर्न नसक्ने बताउनुभएको छ । त्यस्तै उहाँले वैकल्पिक सरकार बन्ने पनि उल्लेख गर्नु भउको छ ।
उहाँले लेख्नुभएको छ , ‘न ओली सरकारले नीति, कार्यक्रम र बजेट पास गर्न सक्छ। न वैकल्पिक सरकार बन्न। संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्। सबै पार्टी, नेता निरीह। सर्पको मुखका भ्यागुता। अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ।