
कमिसन अडियो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई छलफलका लागि बालुवाटार बोलाएका थिए। सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाको कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा मन्त्री बास्कोटाले राजीनामा दिएका हुन्।
मन्त्री पदबाट राजीनामा दिएपछि गोकुल बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर घर फर्केका छन् । गाडीविहीन भएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्याएका हुन् ।
काभ्रे पुर्ख्यौली थलो रहेका बास्कोटाको घर भक्तपुरमा छ तर, मन्त्री बनेपछि उनी प्रधानमन्त्री केपी ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन् ।