
यूके उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई लक्षित गर्दै राफल्स् एडुकेयर असोसियट्स प्रा.लि काठमान्डौंले यही मार्च ०१ देखि मार्च ०६, २०२० सम्म यू के सप्ताह व्यापी भर्ना कार्यक्रम गर्दै छ । सो कार्यक्रम राफल्स् एडुकेयर असोसियट्स को पुतलीसडस्थित (डिल्लीबजारजाने बाटो) मुख्य कार्यालयमा हुँदैछ ।
यूके अध्ययनका लागि नेपाली विद्यार्थीहरुमाँझ एक आकर्षक गन्तव्य बनेको छ भने यस इभेन्टबाट यू.के मा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थी तथा सम्बद्धअभिभावकहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्नेछन् ।
यू्के सरकारको होम अफिसले सेप्टेम्बर ११ मा घोषणा गरेको ‘Graduate Immigration Route‘ अर्थात् पढाइपश्चात् पाउने दुई बर्षको वर्क परमिटले नेपालमात्र नभई विश्वभरिका विद्यार्थीहरुलाई उत्साहित बनाएको छ ।
अध्ययनका निम्ति आफ्ना छोराछोरीलाई पठाउँदा भोलि कुनै समस्या आइपर्ने हो कि भन्ने आशङ्का केही अभिभावकहरुमा देखिन्छ । यथार्थ भन्दा पनि धेरै किसिमका भ्रम र हल्लाले विद्यार्थी तथा अभिभावकहरु अन्योलमा छन् । यस्तै आशङ्का र हल्लाहरुलाई चिर्न विद्यार्थी र अभिभावकहरुसमक्ष यथार्थ कुराहरु राख्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।
मार्च ०१ देखि ०६, २०२० अर्थात् २०७६ फाल्गुण १८ देखि २३ गतेसम्म हुने यस कार्यक्रममा बिहान १० बजेदेखि बेलुकी ०५ बजेसम्म विद्यार्थीले ब्रिटिस काउन्सिल सर्टिफाइड् काउन्सेलरहरुलाई भेट्न सक्छन् ।
यस इभेन्टमा २५ भन्दा बढी विश्व विद्यालयहरुमा उपलब्ध हुने विषयहरु र भर्ना प्रक्रिया तथा भर्नाका लागि योग्यताका बारेमा जानकारी गराइदैछ र यो नि:शुल्क छ । साथसाथै विद्यार्थीहरुले छात्रवृत्ति सम्बन्धमा आवश्यक जानकारी पाउनुका साथै एकै समयमा योग्यता मूल्यांकन पनि गराउन सक्नेछन् ।
सहभागीहरुले प्रोसेसिङ्ग फी मा छुट, तयारी कक्षामा सहुलियत तथा राफल्स्को प्रिभिलेज कार्ड प्राप्त गर्न सक्छन् ।