
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक बस्न लागेको बताइएको छ । बैठक अहिले केहीबेरमा सुरु हुँदैछ ।
प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनले आन्दोलनको तयारी समेत गरेका छन् ।