
नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही अघि सारिएको छ ।
वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।
प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाका अनुसार आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको छ ।
लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको निरौलाको भनाई छ ।