
विश्व स्वास्थ्य संगठनले चीन र संक्रमणको पुष्टि भएकाहरुसंग कुनै सम्बन्ध नभएकाहरुमा पनि घातक कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै चासो व्यक्त गरेको छ ।
इरानमा थप दुई जना गरी संक्रमणबाट चार जनाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चासो व्यक्त गरेको हो ।
डब्ल्यू एच ओका प्रमुख डा।टेड्रोस अदानोमले चीनबाहिर संक्रमितको संख्या तुलनात्मक रुपमा थोरै भएपनिस्वरुप भने चिन्ताको विषय रहेको बताए ।
उनले चीन र अरु मुलुकले संक्रमण नियन्त्रण र रोकथाममा चालेका कदमबाट संक्रमण थप फैलिन रोकिने सम्भावना भने देखिएको बताए ।
यता, इरानका स्वास्थ्य अधिकारीहरुले संक्रमण इरानका सबै शहरमा हुन सक्ने बताइसकेका छन् ।
इरानमा शिया मुश्लिमको बाहुल्य रहेको क्वाम शहर कोरोना संक्रमणको केन्द्र मानिएको छ ।
चीन बाहिर २६ मुलुकमा ११ सय ५२ जनामा संक्रमित र आठ जनाको मृत्यु भएको पुष्टि भैसकेको छ ।
कोभिड–१९ नाम दिइएको भाइरसका कारण चीनमा २२ सय ३९ जनाको मृत्यु भएको छ भने ७५ हजार ५ सय ६७ जना संक्रमित भएका छन् । (एजेन्सी)