
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ केरारेनीस्थित चौधरी उद्योगको बियर प्लान्टमा आगलागी भएको छ ।
उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योगको आइस वियर प्लाण्टमा बिहान ८ बजेतिर अचानक आगलागी भएको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बताए । अहिले आगो नियन्त्रण बाहिर रहेको उनले बताए ।
आगो नियन्त्रणको लागी दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।
