७ बैशाख २०८२, आईतवार

सुर्खेतमा घरायसी विवाद हुँदा दाईले गरे भाईको हत्या

hj2021 05 28 08 19 46.2021 05 28 11 40 55.2021 06 02 04 48 45
फाइल फोटो

सुर्खेत, लेकबेशी नगरपालिका–२ साँझे बस्ने ३१ वर्षीय बमबहादुर ठाडामगरको ढुंगा प्रहारबाट मृत्यु भएको छ। घरायसी विषयमा विवाद हुँदा उनका दाइ ३४ वर्षीय टोपबहादुरले टाउकोमा ढुंगाले प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ढुंगाले लाग्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले टोपबहादुरलाई नियन्त्रणमा लिएको जनाएको छ।