
कोरोना भाइरस (कोभिड–१९) संक्रमणले धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।
उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा आज (शुक्रबार) बिहान निधन भएको हो ।
कोरोना संक्रमण भएपछि गम्भिर बनेका ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । सबै उपचार विधि अपनाउँदा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।