
नवनियुक्त उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठले सिंहदरबारस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन्।
शुक्रबार साँझ शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएर महासेठले परराष्ट्र मन्त्रालय पुगि जिम्मेवारी सम्हालेका हुन्।
यसअघि परराष्ट्र मन्त्रालयमा प्रदीप ज्ञवालीले तीन वर्ष नेतृत्व गरेका थिए । महासेठ डेढवर्ष अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।