
अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको समेत पदभार ग्रहण गरेका छन् । आइतबार खतिवडाले पदभार ग्रहण गरेसँगै मातहतका कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
क्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका थिए ।
बास्कोटाको राजीनामा पछि उनले सम्हाल्दै आएको सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडाले पाएका थिए ।
त्यस्तै बास्कोटाले नै चलाउदै आएको अर्को सहरी विकास मन्त्रालयको कार्यभार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले सम्हाल्ने गरी तोकिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अर्थमन्त्री डा. खतिवडालाई कार्यभार तोकिएको हो ।