
इन्डियन आइडल ११ को उपाधि सनी हिन्दुस्तानीले जितेका छन्। आइतबार भएको फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन्।
कुनै समय बाटोमा जुत्ता पालिस गर्दै हिँड्ने निम्न वर्गीय परिवारका उनले सवैभन्दा धेरै भोट ल्याएर चर्चित रियालिटी शो जितेका हुन्।
त्यस्तै फस्ट रनरअप रोहित राउत र दोस्रो रनरअप ओंकना बनर्जी भए।
सोनीले उपाधिसँगै २५ लाख भारतीय रुपैयाँ, कार र टिसिरिजसँगको कन्ट्र्याक्ट पाएका छन्।
अमृतसरका सनी इन्डियन आइडल ११ मा अडिसन दिनुअघि जिविकोपार्जनका लागि जुत्ता पालिस गर्थे । उनी आमा भने बेलुन बेच्ने र घरघर पुगेर चामल माग्ने काम गर्थिन्।
सनीले इन्डियन आइडलको अडिसनमै जनता र जजहरुको मन जितेका उनको गायकीको निकै चर्चा भएको थियो । यही बिचमा उनले केही फिल्मका लागि गीत गाइसकेका छन्।
